आरजुले संसदमा भनिन्: मेरो चरीत्रमाथि बलात्कार भयो

निकासखबर संवाददाता

काठमाडाैं ।  नेपाली कांग्रेसकाी नेता तथा कांग्रेस सांसद आरजु राण देउवाले आफ्नो चरीत्रमाथि बलात्कार भएको बताएकी छन् । सोमबारको संसद बैठकमा संबोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

उनले देशमा फेक समाचार संस्थाहरु भएको र गलत समाचर बनाएर गलत प्रचार गर्न दुस्प्रयास भएको बताइन् । बैठकमा संवाधन गर्ने क्रममा उनले भुटानी शरणर्थी प्रकरणमा आफ्नो गलत अडियो बनाइ चरीत्र हत्या गरीउको र उक्त अडीयोको सवालमा आफु साइवर अपराधका विषयमा मुद्धा दर्ता गर्न जाँदा प्रहरीले आफ्नो निवेदन समेत दर्ता गर्न नमानेकोमा यस प्रति खेद प्रकट गर्दै उनले आफ्नो मात्र नभएर अन्यको पनि फेक अडीयो बनेको पाइएको हुँदा सरकारले यो टेपको सत्यतथ्य उजागर गरोस मनि माग राखिन् ।
उनले महिलाहरु साजनीतिमा आउदा सह्य नभएको बताउँदै आफुहरुको खुट्टा तान्न खोजीएको र आफु अरु कसैले खुट्टा तान्न खोज्दा नलड्ने महिला भएको बताइन् ।

 

मा प्रकाशित