
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र नेकपा (माओवादी समाजवादी)बीच पार्टी एकता हुने भएको छ ।
पार्टी एकताबारे जानकारी दिन दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको छ।
प्रज्ञा भवनमा आयोजित पत्रकार सम्मेलन मार्फत् पार्टी एकताबारे सम्पुर्ण जानकारी गराउने नेकपाका प्रचार विभाग इन्चार्ज अनिल शर्माले बताए।
माओवादी समाजवादीको नेतृत्व कर्णजित बुढाथोकीले गरिरहेका छन् । द्वन्द्वकालीन मुद्दाको बिषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएपछि सबै माओवादी घटक एकजुट हुने प्रयास गरिरहेका छन्।

