राष्ट्रपतिको निर्वाचनमा सांसद घाइते

निकासखबर संवाददाता

काठमाडौं । राष्ट्रपतिको निर्वाचनमा मतदान गर्ने क्रममा एकजना सांसद घाइते भएका छन् । मधेश प्रदेशका सांसद गोविन्द न्यौपाने घाइते भएका हुन् ।

उनी संसद भवनमा मतदान गरेर फर्कने क्रममा लडेर घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको छ । लडेर घाइते भएपछि न्यौपानेलाई संसद भवनमा प्राथमिक उपचार गरिएको छ ।

न्यौपाने नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य हुन् ।

मा प्रकाशित