जलस्राेतको सदुपयोग गरी आर्थिक–सामाजिक विकास तत्कालीन आवश्यक्ता : ऊर्जामन्त्री भुसाल

निकासखबर संवाददाता

ललितपुर, ४ वैशाख । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले जलश्रोतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासलाई उठाउनु तत्कालको आवश्यक्ता भएको बताएकी छन् । शनिबार ललितपुरमा आयोजित पानी, उर्जा, खाद्य तथा परिस्थितिकीय प्रणालीजन्य बहुआयामिक फाइदाहरुको प्राप्ती विषयक कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् ।

उनले जलश्रोत व्यवस्थापनमा धेरै चुनौतिहरु रहेको भन्दै आजको आवश्यक्ता नै जलश्रोतको व्यवस्थापन गर्नु रहेको बताईन् । मन्त्री भुसालले जलवायु परिवर्तनका कारण नेपालमा कृषि, वन, स्वास्थ्य, जैविक विविधता लगायतका विभिन्न क्षेत्रमा समस्या परिरहेको बताईन् ।

मन्त्री भुसालले जलवायु परिवर्तनको असरले हिमनदी, अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि जस्ता प्राकृतिक प्रकोपले समग्र क्षेत्रलाई असर पारिरहेको बताउँदै नेपालमा जलविद्युतको प्रचुर सम्भावना भएपनि पनि सकेजति विद्युत उत्पादन गर्न नसकिएको बताईन् ।

उनले प्रविधिलाई कृषि, बजारीकरण, सीप र संस्थागत पक्षहरुसँग एकीकृत गर्न जरुरी रहेको भन्दै त्यसका लागि आवश्यक खाका तयार पार्नुपर्ने आवश्यक्ता देखा परेको उनको भनाइ थियो ।

मन्त्री भुसालले भूमिगत जलश्रोतलाई दिगोरुपमा प्रयोग गरेर तराईको जमिन सिञ्चित गर्न सके त्यसले सामाजिक तथा आर्थिक विकासमा ठूलो योगदान गर्ने विश्वास व्यक्त गर्दै बहुपक्षीय चुनौतिहरुलाई सम्बोधन गर्न एकीकृत जलश्रोत व्यवस्थापन तथा जलश्रोतको बहुपक्षीय उपयोग गर्न आवश्यक रहेको बताइन् ।

मा प्रकाशित