कोरोना संक्रमण बढ्दै पछिल्लो २४ घण्टामा ३३ जनालनई पुष्टि

निकासखबर संवाददाता

काठमाडौं । नेपालमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको २ हजार ९ सय ४२ पिसिआर परिक्षणका क्रममा ३२ जना र २ हजार १ सय १७ एन्टीजृेन परिक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाका कारण हालस्म्म ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ८९ संक्रमित निको हुँदा हालसम्म ९ लाख ६५ हजार ७ सय १४ जना निको भएका छन् । हाल नेपालमा ८ सय ४२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित