मुलुकको परिवर्तन गुम्ने खतरा कायम छः प्रचण्ड

निकासखबर संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको परिवर्तन गुम्ने खतरा कायमै रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले माओवादी केन्द्रले मुलुकमा परिवर्तन ल्याएको र मुलुकको नेतृत्व भने परिवर्तन रोक्नेहरूका हातमा जाने अवस्था निम्तिएको भन्दै परिवर्तनमाथि खतरा कायमै रहेको बताएका हुन् ।

अहिले माओवादीले जितेको पालीकाहरुमा मात्र राम्रो काम हुन सकेको उहाले दावी गर्नुभयो । भरतपुर महानगरपालिकामा अन्य पालीकामा भन्दा राम्रो काम भएको भन्दै प्रचण्डले माओवादीले जितेका स्थानीय तहमा राम्रो काम भएको बताए । मुलुकको हरेक पालीकामा सुशासन, विकास तथा समृद्धिको ढोका खोल्न आवश्यक रहेको उनको भनाई छ ।

कार्यक्रममा प्रचण्डले भूतपूर्व सैनिकहरु सहितलाई माओवादी प्रवेश गराएका थिए ।

मा प्रकाशित