नक्कली शरणार्थी काण्डका आराेपीहरू कुनै हालतमा उम्किन सक्नदैनन्: उपप्रधानमन्त्री श्रेष्ठ
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बलियो प्रमाण-अभियोजनसहित मुद्दा परेकोले नक्कली शरणार्थी काण्डका आराेपीतहरू अदालतबाट समेत उम्किन नसक्ने बताएका छन् । नक्कली शरणार्थी प्रकरणलाई यत्तिकै सामसुम पार्न खोजिएको त होइन? भन्ने लिखित प्रश्न र आशंकासहित शुक्रबार उनलाई भेट्न गृहमन्त्रालय पुगेका नागरिक आन्दोलनका अगुवालाई आश्वस्त पार्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्ताे बताएका हुन् । उनले सरणार्थी प्रकरण सम्बन्धि थप अनुसन्धानलाई जारी राखिने बताउँदै राजनीतिक उपलब्धिलाई जोगाएर भ्रष्टाचारको नियन्त्रण तथा आर्थिक, सामाजिक रुपान्तरणका लागि नागरिक आन्दोलनले सडकमै उपस्थित भएर खबरदारी गर्नुपर्ने समेत बताए । आफुलाई कतिपयले ‘सधै गृहमन्त्री होलास् र? थुनिएकाहरू निस्किदा तेरो के होला?’ भन्ने गरेपनि बरु सहिदको लाममा मिसिन तयार हुने…
‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा
आर्थिक परिवेश संवाददाताकाठमाडौं । शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ । अघिल्लो हप्ता जेठ १९ मा कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएका थिएनन् । यो साता एकैसाथ दुई चलचित्र प्रदर्शन भइरहेका छन् । फूलमान वलले निर्देशन गरेको चलचित्र ‘नीरफूल’ मौलिक स्वादमा बनेको निर्देशक वलले बताए । उनका अनुसार फरक समुदायको सांस्कृतिक स्वाद पाइने चलचित्रमा भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्न देखाइएको छ । भत्किएका मन र सम्बन्धको पुनःनिर्माणको कथा समेटेर चलचित्र तयार गरेको…
माओवादीविना एमाले अध्यक्ष ओलीको सिंहदरबार यात्रा कठिन छः जनार्दन शर्मा
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले माओवादीको शक्तिविना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सिंहदरबार यात्रा कठिन रहेको बताएका छन् । बजेटमाथि संसदमा भएको छलफलमा एमाले अध्यक्ष ओलीले माओवादी ३२ सिटमा झरेको भन्दै व्यंग्य गरेका र शुक्रबार शर्माले त्यसको जवाफ दिँदै नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो हुने बताएका हुन् । संघीयता, धर्म निरपेक्षता, समावेशीता जस्ता मुद्दा माओवादीको विरासत भएको र संसदको तेस्रो शक्ति बनेपनि परिवर्तनको रापतापबाट आएको चुम्बकीय शक्ति बाँकी रहेको उनले बताए । उपमहासचिव शर्माले भने, ‘यसको बलमा माननीय केपी ओलीजीलाई प्रधानमन्त्री बनाउन हामीले पार्टीगत, समूहगत र व्यक्तिगत रुपमा योगदान पुर्याएको होइनौं र ?’ मंसिरको चुनावमा एमालेको…
असंवैधानिक, अराजक र अशान्तिपूर्ण गतिविधि सरकारले स्वीकार्न सक्दैनः गृहमन्त्री श्रेष्ठ
आर्थिक परिवेश संवाददाताकाठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदेश सभाको नामकरणलाई लिएर विरोध गर्नेलाई संविधान, लोकतन्त्र र शान्तिपूर्ण बाटोको माध्यम प्रयोग गर्न सुझाव दिएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य एवम् एमाले कोशी प्रदेश सभाका संसदीय दलका उपनेता रामबहादुर रानामाथि हिजो बिहीवार इलामको चिसापानीमा आक्रमण भएको घटनालाई लिएर विरोध गरेपछि जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । गृहमन्त्री श्रेष्ठले असंवैधानिक, अराजक, अशान्तिपूर्ण र ध्वंशात्मक गतिविधि सरकारले स्वीकार गर्न नसक्ने स्पष्ट पारे । उनले त्यस घटनाका बारेमा आफूले एमालेका अध्यक्ष केपी शर्मा ओली र सम्बद्ध नेता, प्रदेश सभा सांसद राना र कोशी प्रदेशका…
भारतबाट तरिकारी भित्रिँदा बारीमै सुक्यो किसानको तरकारी
आर्थिक परिवेश संवाददातादाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका किसानले लगाएको तरकारी बारी मै सुकेर जना थालेको छ । भारतबाट तरिकारी भित्रिँदा किसानले लगाएको तरकारी बारी मै सुकेर जना थालेको हो । मोतीपुरका किसान राजेश डाँगी टन्टलापुर घामको प्रवाह नगरी आफ्नो खेतबारीमा पुग्छन् । उनलाई गर्मीले गर्दा निस्केको पसिनाको कुनै प्रवाह छैन । पसिना पुछ्दै बारीमा पुग्दा पनि उामा अलिकती पनि उत्साह छैन । उनले १७ कट्ठामा लगाएको बन्दा यस वर्ष काम नलाग्ने भएको छ । बिक्री नभएपछि बस्तुभाउलाई खुवाउनुपर्ने बाध्यता आएको उनी बताउँछन् । “१७ कट्ठामा लगाएको हुँ, एउटा पनि बिक्री भएन”, उनले भने, “अब गाई, बाख्रालाई खुवाउनुभन्दा विकल्प भएन ।” उनले…

