विज्ञापन र यसको बहुआयामिक प्रभाव
आर्थिक परिवेश संवाददाताकाठमाडाैं, १७ मंसिर, २०८१ । सामान्यतयाः हाम्रो समाजमा विज्ञापनलाई कुनै उत्पादित वस्तु वा सेवाको प्रवद्र्धनका लागि गरिएको सामान्य प्रचारप्रसारको रूपमा मात्र बुझ्ने गरिन्छ । नेपाली विज्ञापन बजारको बिगतको दायरा एवं अव्यवस्थित सरकारी नीतिका कारण यस्तो आम बुझाई बन्न गएको हो । पछिल्लो चरण विज्ञापनको बजार फराकिलो हुँदै जाँदा समाजमा यसका प्रभावहरू पनि फराकिलो हुँदै जान थालेको छ । सरकारी स्तरमा पनि यो क्षेत्रको विकास, प्रवद्र्धन र नियमनका प्रयत्नहरू सुरु भएपछि यसबारे नयाँ बहसहरू उठन सुरु गरेको हो । सूचनाप्रविधिको तीव्रतम विकासले आमसञ्चारको क्षेत्रमा आएको वदलावका कारण विज्ञापनको पहुँच र सामाजिक प्रभाव कल्पनै गर्न नसकिने गरी बिस्तारित भइरहेको छ । विज्ञापनकै कारण संसारको जुनसुकै स्थानमा उत्पादन…
पार्टी निर्माण कसरी सम्भव छ ?
पुष्पलाल श्रेष्ठ | १३ चैत, २०८१पुष्पलाल श्रेष्ठ | १३ चैत, २०८१ पार्टी निर्माण भन्नाले माथि केन्द्रदेखि तल तल्लो तहको पार्टी कमिटीहरूको संगठन गर्नु नै हो भन्ने आम धारणा साथीहरूमा पाइन्छ । वास्तवमा यस्तो संगठनको निर्माणको अभावमा पार्टीका सोचाइहरू व्यवहारमा परिणत हुँदैनन् । तर,पार्टी निर्माणको सम्बन्धमा यति नै मात्र सही धारणा होइन । यस्तो धारणा यान्त्रिक धारणा हो । यसमा सोच्नु पर्ने मुख्य कुरा हो पार्टी कमिटीहरूको आपसी सम्बन्ध र सञ्चार कसरी हुन्छ र पार्टीले कसरी शक्ति संचय गर्न सक्दछ ? यसको अभावमा पार्टीमा सजीवता आउन सक्दैन । सजीवता बिनाको पार्टीको संगठन त केवल अस्थिपंजर मात्र हो । अतः पार्टी निर्माणको सम्बन्धमा त्यसकुरामा सबभन्दा बढी ध्यान पु¥याउनु पर्दछ, जसले गर्दा पार्टीमा क्रियाशीलता…
हङ्कङ फ्लुको प्रकोप बढ्दै
डा. शेरबहादुर पुन | काठमाडाैं, ११ फागुन, २०८१डा. शेरबहादुर पुन | काठमाडाैं, ११ फागुन, २०८१ केही दिनअघि एक परिचित व्यक्तिलाई एक महिनादेखि खोकीले नछोडेको भनि परामर्श लिने उद्देश्यले भेट्न आउनुभएको थियो । हातमा केही हप्ता अगाडि गरिएको स्वास्थ्य परीक्षणका केही रिपोर्टहरू पनि थिए, जसमा फ्लु परीक्षणको रिपोर्ट पनि थियो । त्यसमा हङ्कङ फ्लुको नामले परिचित इन्फ्लुइञ्जा (छोटकरीमा फ्लु भन्ने गरिन्छ) ‘ए’ को ‘एच थ्री’ प्रजाति पुष्टि थियो । सो बिरामीलाई केही दिनसम्म ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, जिउ दुख्ने, नाकबाट पानी बग्ने अनि खोकी लाग्नेजस्ता समस्याहरू देखिएको भनेका थिए । तर माथि उल्लेख गरे झैँ खोकी भने मसँग संवाद हुँदासमेत प्रष्टै देखिन्थ्यो । यति लामो समयदेखि निरन्तर देखिएको यो अवस्थाको खोकीलाई…
एकता महाधिवेशनमा सहभागी हुन सिड्नीबाट शेष घलेको आह्वान
निकास संवाददाता । काठमाडौं, २७ फागुन, २०८१ ।गैरआवासीय नेपाली संघ उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेले एनआरएन अभियन्ता तथा प्रबुद्ध प्रवासी नेपालीहरुलाई आउँदो मे महिनामा काठमाडौंमा हुन गइरहेको एकता महाधिवेशनमा सहभागी भएर संघलाई एकताबद्ध बनाउन योगदान गर्न अपिल गरेका छन् । संघका पूर्वअध्यक्ष समेत रहेका डा. घलेले कर्मभूमि अष्ट्रेलियास्थित सिडनीमा आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै लामो समयदेखि विवादमा अल्झिएको एनआरएनएलाई लोकतान्त्रीकरण गर्ने एक अपूर्व अवसर आएको बताए । ‘गत अप्रिल, २०२४ मा सर्वोच्च अदालतले संक्षिप्त फैसला दियो र पछि पूर्णपाठ पनि प्राप्त भयो; अदालतको फैसलाको ६ महिनापछि अक्टोबर, २०२४ मा उच्चस्तरीय समितिलाई परराष्ट्र मन्त्रालयबाट निर्देशन प्राप्त भयो; उक्त निर्देशन प्राप्त भएको ३० दिनभित्र १९ नोभेम्बरर, २०२४ मा उच्चस्तरीय…
आफैंले पारित गरेको बजेटमाथि अर्थमन्त्रीका प्रश्नैप्रश्न
निकास संवाददाता । काठमाडौं, २६ माघ, २०८१ ।निकास संवाददाता | काठमाडौं, २६ माघ, २०८१ । पूर्ववर्ती सरकारले बनाएको चालु आर्थिक वर्षको बजेट सिद्धान्तमा उभिएर नबनेको आरोप उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा चालु आवको बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेस गर्दै सिद्धान्त विपरीत आएको बजेट बोझ भएको उनले बताए । ‘त्यसबेलाको परिस्थितिले गर्दा यो बजेट संसद्ले पारित पनि गर्नुपरेको थियो, पछि म अर्थमन्त्री भइसकेपछि पूरक बजेटमा जान सकिन्थ्यो, एउटै सदन हो भनेर पूरक बजेट ल्याइनँ’– अर्थमन्त्री पौडेलले भने । तीन करोडभन्दा साना आयोजनामा बजेट विनियोजन नगर्ने मन्त्रिपरिषद्को नीतिगत निर्णयलाई पनि बेवास्ता गर्दै पूर्ववर्ती सरकारले ७५ हजारका आयोजना पनि राखेको आरोप…

