मुख्य खबर

सुनकोशीमा बेपत्ता भएकाे जिप सँगै दुई जनाकाे शव भेटीयाे
निकासखबर संवाददाता

सिन्धुली । सुनकोशीमा बेपत्ता भएकाे प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) काे जिप र दुई कर्मचारीको शव फेला परेको छ । घटनास्थलबाट करिब २ सय मिटर तल कोशीको पारितर्फ किनारमा गाडीएको अवस्थामा जिप र शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए  । उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डको गोताखोरले मंगलबार साँझ सवा ६ बजे सुनकोशीबाट गाडी र दुई वटा शव बाहिर निकालिएको हो । शवको पहिचान हुन सकेको छैन । कोशीको बहाव फर्काएर नदीमा पानी घटाएपछि गाडी र शव फेला परेको प्रहरीकाे भनाइ छ ।…

अझै भेटिएनन् सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारी, बिहानैदेखि खोजी जारी
निकासखबर संवाददाता

सिन्धुली । सुनकोशीमा बेपत्ता सिटीइभिटीका कर्मचारी अझै भेटिएका छैनन् । शुक्रबार सिटिइभिटीका कर्मचारी सवार जिप सुनकोशीमा खस्दा तीन जना बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालका अनुसार अबेरसम्म नभेटिएपछि स्थगित गरिएको खोजीकार्य आज बिहानैबाट सुरू गरिएको छ । अहिले सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीसहित ‍२४ जनाको टोली परिचालन गरिएको उनले डिएसपी दाहालले जानकारी दिए । बिहान शुक्रबार बिहान करिब साढे ११ बजे सिटिइभिटीको कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका-७ लौकुनबाट सुनकोशी नदीमा खसेको थियो । गाडीमा सवार चार जनामध्य चालक दाङको राप्ती घर भएका ३१ वर्षीय…

सीटीइभीटीको गाडी सुनकोसीमा खस्यो, निर्देशकसहित ३ कर्मचारी बेपत्ता
निकासखबर संवाददाता

सिन्धुली । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सिटीइभीटी)को गाडी सुनकोसी नदीमा खसेको छ । प्रहरीका अनुसार सिटीइभीटी कार्यालय भक्तपुरबाट खोटाङका लागि हिँडेको बिएबी ७४६७ नम्बरको स्कार्पियो बीपी राजमार्गस्थित गोलन्जोर गाउँपालिका– ७ लौकुनबाट सुनकोसीमा खसेको हो। सिटीइभीटीका तीन कर्मचारी बेपत्ता भएका छन् । गाडीचालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएका छन् । गाडीमा सिटीइभीटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमबहादुर भुजेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए। सुरक्षाकर्मीरु स्थानीयबासी मिलेर वेपत्ताका खोजी गरिरहेका छन् । नदीमा पानी निकै गहिरो रहेकाले खोजीका लागि गोताखोर ल्याउनुपर्ने अवस्था रहेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।…

पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष जीएमसहित दाङका १९० जनाको सदस्यता खारेजी सिफारिस
निकासखबर संवाददाता

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएमसहित १९० जनाको साधारण सदस्यता खारेजीको सिफारिस गरेको छ ।महासंघको शुक्रबार बसेको बैठकले ‘शुद्वीकरण अभियान’ अन्तर्गत नवीकरण मापदण्डभित्र नपर्ने र क्रियाशील नरहेकाको सदस्यता खारेज गर्ने निर्णय गरेको हो । दाङ महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको गृहजिल्ला हो ।  केन्द्रीय उपाध्यक्ष जीएम हाल पत्रकारिता पेसामा निष्क्रिय भएकाले उनको सदस्यता खारेजीको सिफारिस गरिएको शाखा अध्यक्ष दुर्गालाल केसीले जानकारी दिए । सदस्यता खारेजीको सिफारिसमा अध्यक्ष केसी स्वयम् परेका छन् । महासंघले बनाएको मापदण्डमा नपर्ने भएकाले आफ्नो सदस्यता पनि खारेजीको सिफारिस गरिएको उनले बताए । शुद्वीकरणको मापदण्डमा नपर्ने भएकाले आफ्नैसमेत सदस्यता खारेजीको सिफारिस…

सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्यारो अवस्थामा : उपप्रम एवं गृहमन्त्री श्रेष्ठ
निकासखबर संवाददाता

काठमाडाैं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्योरो अवस्थामा आइपुगेको बताएका छन् । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको बाह्रौँ कृति ‘कालपात्र’ सार्वजनिक गर्दै उनले भ्रष्टाचार र कमिसनको साँठगाँठलाई तोडेर मात्र देश बनाउन सकिनेमा जोड दिए । नयाँ मूल्य स्थापित गरेर समाजलाई उन्नत बनाउनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । “अहिले जीवन मूल्यमा ह्रास भएको छ, स्वार्थका निम्ति राज्यद्रोह गर्ने मानिस छन्, यस्तो अवस्थामा सफा राजनीतिले मात्र देशलाई परिवर्तन गर्न सक्छ, पार्टी र नेता नबदलिई देश बदलिँदैन, पुस्तकमा लेखकको आशय पनि यही छ, संसारका सुन्दरतम देशमध्ये औँलामा गन्न सकिनेमा नेपाल पनि पर्छ तर हामी…