अर्थ–बित्त
श्रीमानको मृत्यु प्रमाणपत्र बनाएर श्रीमतीलाई एकल महिला भत्ता!
निकासखबर संवाददातारामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ३ मा श्रीमानले श्रीमतीलाई एकल महिला भत्ता दिलाएका छन् । मन्थली नगरपालिका वडा नं ३ बस्ने रामबाबु खत्रीले आफ्नो मृत्यु प्रमाणपत्र बनाएर श्रीमती निर्मला खत्रीलाई झन्डै १२ महिनाको एकल महिला भत्ता खुवाएका हुन् । खत्री केही समय अघि जिल्ला प्रशासन कार्यालय र त्यसपछि सरुवा भएर जिल्ला कारागार रामेछापमा कार्यरत थिए। श्रीमतीलाई भत्ता खुवाएको पत्ता लागेपछि कारबाही हुने डरले खत्रीले जिल्ला कारागार सरुवा भएका थिए। त्यसको केही समयमै उनले जागिरबाट राजीनामा दिए। कारबाहीको डरले चाँडै राजीनामा दिएको हुनसक्ने जानकारहरू बताउँछन्। तत्कालीन वडा सचिव शिवकुमार महतोले २०७८ साल भदौ २१ गते नै बिधुवा भत्ताको परिचयपत्र…
विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण
निकासखबर संवाददाताढल्केबर । केही वर्षअघिसम्म घरका भित्ता र सडकमा समेत गाईवस्तुका गोबरलाई गुइँठा बनाएर सुकाई खाना पकाउने इन्धनको रूपमा प्रयोग गर्ने मधेस प्रदेशका ग्रामीण क्षेत्रका वासिन्दा आजभोलि विद्युतीय चुलोतिर आकर्षित भएका छन् । गाउँ–गाउँसम्म केन्द्रीय प्रसारणको विद्युत् लाइन विस्तार भएसँगै भान्छामा स्वच्छ ऊर्जाको प्रयोग गर्नु पर्दछ भन्ने जनचेतनाका कारण विद्युतीय चुलोको प्रयोग बढ्न थालेको हो । अधिकांश युवा वैदेशिक रोजगारमा जाने गरेको र कतिपय व्यक्तिहरूले स्वदेशमै विभिन्न व्यवसायमा संलग्न भएसँगै परिवारको आर्थिक स्थितिमा सुधार आउँदा पक्की घरको निर्माण गर्ने, भान्छामा एलपी ग्यास वा विद्युतीय चुलोको प्रयोगलाई प्राथमिकता दिन थालिएको छ । एलपी ग्यास प्रयोग गर्न सजिलो भए पनि कहिलेकाहीँ खोजेको बेला…
मुक्तिनाथ विकास बैंकले ल्यायो मुक्तिनाथ विशिष्ट सहज कर्जा योजना
निकासखबर संवाददाताकाठमाडौं । मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ विशिष्ट सहज कर्जा” योजना सञ्चालनमा ल्याएकोे छ । केही समयदेखि बजारमा देखिएको तरलता संकट संगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले यो योजना घोषणा गरेको हो । कर्जा आवश्यक परेका कुनै पनि ग्राहकले मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरुमा सम्पर्क राख्न समेत बै्रकले आव्हान गरेको छ । यस योजना अन्तर्गत २ करोड सम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषी कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जा प्रदान गर्ने बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए । यस योजना अन्तर्गत कर्जा लिन इच्छुक कर्जाग्राहीहरुलाई सम्पुर्ण आवश्यक…
नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छः प्रधानमन्त्री
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको बताएका छन् । नेपाल उद्योग परिसङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपीआईटी) को संयुक्त रुपमा आज यहाँ आयोजना गरेको नेपाल–चाइना विजनेस फोरम –२०२३ लाई सम्बोधन गर्दै उनले जनशक्तिको सहज उपलब्धता, परिमार्जित श्रम कानुन र सुधारिएको औद्योगिक सम्बन्धलगायतका कारणले गर्दा नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको बताए । प्रधानमन्त्रीले विदेशी लगानीकर्ताले भोग्दै आएका झन्झट हटाउन एकल विन्दु सेवा सुरु गरिएको र त्यसलाई थप प्रभावकारी बनाउने विश्वास दिलाए । उनले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई तत्कालै सबै प्रकारका सेवा एउटै विन्दुबाट प्राप्त गर्ने अवस्था सिर्जना…
लाखाैं ठगीकाे आराेपमा सहकारी सञ्चालक पक्राउ
निकासखबर संवाददाताविराटनगर । सहकारी संचालन गरी ठुलो रकम ठगी गरेको आरोपमा विराटनगरको तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका क्षेत्रिय प्रबन्धक सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मोरङको, उर्लाबारी नगरपालिका-६ घर भई संस्थाको उपाध्यक्षको जिम्मेवारीमा रहेकी अनिता गौतम, झापाको भद्रपुर नगरपालिका-१४ घर भई विराटनगर महानगरपालिका-३ बस्ने सहकारी संस्थाको सचिवको जिम्मेवारीमा रहेकी सविना न्यौपाने र विराटनगर महानगरपालिका-२ का संस्थाका क्षेत्रीय प्रबन्धकको रुपमा कार्यरत मन्दिप खवास रहेका छन् । नेपाल भरी कार्यक्षेत्र रहने गरी २०५२ सालमा स्थापना भएको उक्त संस्थाको मुख्य कार्यालय विराटनगर-२ मा रहेको र फागुन १ गते देखि सेयर सदस्यहरुलाई कुनै जानकारी नदिई कार्यालय बन्द गरी ठगी गरेको भनि…

