विकास–निर्माण

बजेट कार्यान्वयन निराशाजनक, आर्थिक क्षेत्रसम्बन्धी ५७ प्रतिशत बुँदामा शुन्य प्रगति
निकासखबर संवाददाता

काठमाडौं । बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी कार्यक्रमका ५७ प्रतिशत बुँदामा चालु वर्षको ७ महिनामा पनि शुन्य प्रतिशत प्रगति देखिएको छ। नेपाल उद्योग परिसंघ ९सीएनआई० सँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको अध्ययनले आर्थिक क्षेत्रहरुसँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश बुँदाका बजेटका नीति तथा कार्यक्रमहरुमा सन्तोषजनक प्रगति नभएको देखिएको हो । बजेटको प्रभावकारी कार्यान्वयनमा रचनात्मक भूमिका निर्वाह गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सघाउने उद्देश्यले नेपाल उद्योग परिसंघले सेजनसँगको सहआयोजना र पायोनियर ल एशोसिएट्ससँगको बौद्धिक साझेदारीमा ‘सीएनआई बजेट वाच’ कार्यक्रम सुरू गरेको थियो । त्यसअन्तर्गत परिसंघले आर्थिक विकास, लगानी तथा निजी क्षेत्रसँग सम्बन्धित ६३ बुँदा पहिचान गरेको थियो । सेजनले ती बुँदाको…

पोल गाडेको आधादशकमा पनि बलेन बिजुली
निकासखबर संवाददाता

जाजरकाेट  । जाजरकाेटकाे कुशे गाउँपालिकाको अधिकांश ठाउँमा पोल गाडेको पाँच वर्ष भइसक्दा पनि विद्युत सेवा उपलब्ध गराइएको छैन । ३३ केभी प्रशारण लाइन कुशेमा पुर्याउनका लागि नेपाल विद्युत प्रद्यिकरणले पाँच वर्षअघि वोलपत्र आह्वान गरेर काम सुरु गरे पनि हालसम्म सेवा सञ्चालन हुन सकेको छैन । विगत पाँच वर्षअघि कुशे –५ पाँचकाटियाबाट खुर्पासम्म पोल गाडिएका थिए । शाइ बाबा एण्ड तारा कन्टक्सन खलङ्गा–२ ले पालिकाको  पाँचकाटियादेखि खुर्पा समकोटसम्म प्रशारण लाइन निर्माण गर्न आव २०७५÷७६ मा ठेक्का लिएकामा हालसम्म काम सम्पन्न भएको छैन । अहिले गाडिएको पोल जीर्ण अवस्थामा छन् भने तार छरिएर अलपत्र छन् । दुई ठाउँबाट विद्युत लिनका लागि काम…

चक्रपथ सडक विस्तारको काम छिट्टै अघि बढ्छः मन्त्री श्रेष्ठ
निकासखबर संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चक्रपथ विस्तारको दोस्रो खण्डको काम छिट्टै अघि बढ्ने बताएका छन् । सडक विस्तारका क्षेत्रमा खम्बासहितका भौतिक संरचनाका कारण अवरोध भइरहेकामा अधिकांश क्षेत्रका साइट खाली भइसकेकाले अब कामलाई तीव्रता दिने उनले बताए ।र उक्त खण्डको स्थलगत अनुगमनमा निस्कोका उपप्रधानमन्त्री श्रेष्ठले पत्रकारसँगको कुराकानीका क्रममा सडक विस्तारका विषयमा गम्भीरतापूर्वक नेपाल र चिनियाँ पक्षले अध्ययन गरेको र केही समस्या रहेका भए पनि समाधान निकालिसकिएको बताए । केही खम्बा हटाउन बाँकी रहेको र साना मन्दिर अर्को ठाउँमा बनाउने गरी हटाउने काम भएको शताउँदै उनले केही चौकी हटाइसकिएकोले अब छिट्टै काम सुरु गर्ने बताए । चिनियाँ…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा
निकासखबर संवाददाता

काठमाडौँ । सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ । विशेष गरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ । देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७२ वर्षपछि अब दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनको तयारीमा छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानको तयारीसँगै मुलुकभित्र अब दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन् । आगामी जेठ २ गते (बुद्ध पूर्णिमा) देखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीका साथ यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) सम्पन्न यो विमानस्थलमा २०७९ वैशाख १ गते परीक्षण…

सरकार शासक होइन सेवक हो : मन्त्री कार्की
reporter

काठमाडौं | आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सरकार शासक होइन जनताका सेवक भएर काम गर्नुपर्ने बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले जनतामा निराश बढ्न नदिन सरकारले आफ्नो दायित्व पारदर्शी ढङ्गले पूरा गर्नुपर्ने धारणा राखे । उनले आफू मन्त्रालय सम्हालेको आज ६४औँ दिनभएको बताउँदै ओमिक्रोन भाइरसबाट आम नागरिकलाई बचाउन सरकार चनाखो छ भने । मन्त्री कार्कीले झापाको मेचीनगर नगरपालिकामा एक हजार शय्याको होल्डिङ सेन्टर छिट्टै सञ्चालनमा आउने जानकारी दिँदै प्रदेशको १४ वटै जिल्लाका सुरक्षा निकायसँग समन्वय गरेर शान्तिसुरक्षाको अवस्थालाई बलियो बनाउनेमा जोड दिए । उनले आपराधिक घटनामा संलग्नलाई कानुनको दायराभित्र ल्याउने भन्दै निर्वाचनलाई लक्षित गरी अराजक गतिविधि गर्ने…