अर्थ–बित्त

गति लिँदै भेडेटार–राँके सडक
निकासखबर संवाददाता

धनकुटा । पछिल्लो समय धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवी–राँके राजमार्ग निर्माणले गति लिन थालेको छ । धनकुटाको भेडेटारबाट पाँचथरको राँकेसम्म निर्माणाधीन कालोपत्र सडकको चौथो पटक म्याद थपेसँगै निर्माण कार्यले गति लिएको हो । एक सय किलोमिटर कालोपत्र सडक निर्माणका लागि भारत लखनऊको एप्को इन्फाटेक इन्डियाले जिम्मा पाएको थियो । २०७५ माघदेखि २०७८ माघसम्ममा काम सक्ने जिम्मा भारतीय कम्पनीले गत मङ्सिरमा पुनः २०८१ मा काम सक्ने थप म्याद पाएको छ ।एक्जिम बैंक भारतको तीन अर्ब २६ करोड सहुलियत ऋण कर्जामा सुरु भएको सडक निर्माण अवधि पूरा भएको समयावधिमा १६ प्रतिशत मात्र काम पूरा भएको थियो । थप म्यादपछि द्रुतगतीमा काम थालेको…

कालिमाटीस्थित विषादी विश्लेषण प्रयोगशालाको निरीक्षण
निकासखबर संवाददाता

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको समन्वय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा गएको टोलीले फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाको अनुगमन गरेको छ। कृषि मन्त्रालयको कृषि प्रयोगशालाअन्तर्गत सञ्चालन हुँदै आएको कालिमाटीस्थित उक्त प्रयोगशालाले तरकारी तथा फलफूलमा विषादी परीक्षणको गुणस्तरीयता तथा प्रभावकारिताबारे अध्ययन गर्न टोलीले अनुगमन गरेको हो। कृषि मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुली नेतृत्वको टोलीले प्रयोगशालाको निरीक्षण गर्नुका साथै प्रयोगशालाको गतिविधिको अनुगमन गरेको थियो। प्रयोगशालाले हाल दैनिक १० देखि १२ वटा नमूनाको अध्ययन गरी तरकारी तथा फलफूलको गुणस्तरीयता सुनिश्चित गर्दै आइरहेको छ। अनुमगन टोलीले कालिमाटी प्रयोगशाला तथा देशका अन्य स्थानमा रहेका प्रयोगशालाको सेवा प्रभावकारिता बृद्धि…

प्रतितोला तीन सयले बढ्यो सुनको मूल्य
निकासखबर संवाददाता

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला तीन सयले बढेको छ । अधिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार छ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख एक हजार आठ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार दुई सय ७० कायम रहेको महासङ्घले जनाएको छ ।…

बिपिडब्लु लघुवित्तको आइपिओ खुला
निकासखबर संवाददाता

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणको लागि साधारण शेयरको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित दरमा ८० हजार नौ सय ५० कित्ता साधारण शेयरको सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ) बिक्री खुला गरेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । निष्कासित शेयरमा सर्वसाधारण लगानिकर्तले यही फागुन २३ गतेसम्म अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणाली अनुसार तथा अनलाईनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर…

त्रिशुली–१ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सम्पन्न
निकासखबर संवाददाता

काठमाडौं ।  प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ।  बाँधलगायत संरचना ९हेडवर्क्स० निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङको निर्माण सम्पन्न भएको हो। रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा बाँध निर्माणका लागि  ४२० मिटर लम्बाइ र ५ मिटर व्यास भएको पूर्ण कंक्रिट लाइनिङ डाइभर्सन सुरुङ निर्माण गरिएको हो।  सुरुङ निर्माण सम्पन्न भएपछि मंगलबारबाट सोही सुरुङबाट नदी फर्काइ बाँध निर्माण सुरु गरिएको आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्मेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत ताइ हक युनले जानकारी दिए। ‘आयोजना निर्माणका लागि एउटा माइलस्टोन पूरा भएको छ, मुख्य तथा प्रवेश सुरुङ, टेलरेसहित सुरुङको जम्मा लम्बाइ १३.५ किलोमिटर…