अर्थ–बित्त

ग्राहकसँग करोडौँ पैसा सापटी लिएर शाखा प्रुमुख सम्पर्क विहीन
निकासखबर संवाददाता

खोटाङ । प्रभु बैंकको दिक्तेल शाखा, खोटाङका ब्राञ्च मेनेजर होमराज खतिवडा सम्पर्क विहीन भएका छन् । उनी ग्राहकसँग करोडौँ पैसा सापटी लिएर सम्पर्क विहीन भएका हुन् । उनले प्रभु बैंकमा कारोबार गरिरहेका दर्जनौँ ब्यक्तिसँग करोडौँ पैसा सापटी लिएर एक महिना अघिदेखि खतिवडा फरार भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका खतिवडाले दर्जनौं व्यक्तिको पैसा सापटी फागुन १ गतेदेखि सम्पर्क विहिन बनेका खुलेको छ । खतिवडा सम्पर्क विहिन बनेपछि उनलाई पैसा सापटी दिएका स्थानीय फसेको भन्दै अत्तालिएका छन् । माघ मसान्तसम्म बैंकको शाखा कार्यालयको सम्पर्कमा रहेका खतिवडा एकाएक बेपत्ता भएका हुन् । खतिवडाले एकै व्यक्तिबाट १६ लाखसम्म सापटी…

लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल
निकासखबर संवाददाता

ढोरपाटन । सिरसिर हावा चलिरहने । चिरबिर–चिरबिर चराको आवाज आइराख्ने सोलेडाँडाको विशेषता हो । हरियाली वनपाखा । त्यसमाथि राताम्य फुलेका लालीगुँरासले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्छ । बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा अहिले गुराँससँग रम्नेको घुइँचोनै लाग्ने गरेको छ । लामो समयको घडेरीपछि केही दिनदेखि परेको सिमसिमे वर्षाले गुराँस फूल वनैभरि फुलेको छ । वनैभरि फुलेका गुराँससँग रम्न बागलुङ र म्याग्दीबाट दैनिक आन्तरिक पुग्ने गरेका छन् । बाह्रै महिना पर्यटकले भरिने सोलेडाँडा यो समयमा कुनै पनि दिन खाली छैन । दुवै जिल्लाबाट मोटर बाटोले जोडिएको सोलेडाँडामा पर्यटक कतिपय गाडी लिएर त कति पैदलयात्रामार्फत यहाँ घुम्न आउने गरेका…

४६ अर्ब लगानीको काँकडभिट्टा–लौकही सडक विस्तार आगामी वर्षदेखि
निकासखबर संवाददाता

काठमाडौं। पूर्वपश्चिम राजमार्गमा पर्ने पूर्वको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक विस्तार अगामी वर्षदेखि सुरु हुने भएको छ । ४६ अर्ब लागत अनुमान गरिएको आयोजनालाई ५ प्याकेजमा ठेक्का लगाइने भएको छ। यसमा काम गर्न इच्छुक निर्माण कम्पनीहरुले बुझाएका आर्थिक प्रस्ताव मूल्यांकनका क्रममा छन् । एसियाली विकास बैंक आयोजना निर्देशनालयका इन्जिनियर राकेश महर्जनका अनुसार सडक विस्तारका लागि ठेक्का प्रक्रिया थालिएको छ। ठेक्काको प्रक्रिया लामो हुने भएकाले आगामी आर्थिक वर्षबाट निर्माण कार्य सुरु हुने उनले बताए । महर्जनका अनुसार प्याकेज –१ मा पर्ने काँकडभिट्टादेखि ४५ किलोमिटरसम्मको सडक विस्तार गर्न इबारासकम कालिका जेभी प्राविधिक रुपमा छनोट भएको छ । त्यसपछिको ८५ किमी दोस्रो प्याकेजमा रहेको…

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन
निकासखबर संवाददाता

दोधारा चाँदनी । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो । क्याप्टेन वेद उप्रेतीले नयाँ पर्यटकीय गन्तव्यका रूपमा म्युजियम सञ्चालनमा आएको उल्लेख गर्दै म्युजियममा सुदूरपश्चिमका प्रमुख पर्यटकीयस्थलको फोटो राखिने जानकारी दिए । नौ वर्षअघि धनगढीमा खुलेको म्युजियम जमिन अभावका कारण महेन्द्रनगरमा स्थापना गरिएको हो । “कस्मिक एयरको फोकर १०० जेट विमानलाई ल्याएर एयरक्राफ्ट म्युजियम बनाइएको उनले बताए । यसमा एकै पटक एक सय जनाले अवलोकन गर्न सक्ने र विमानको ककपिट तथा उडानका विषयमा पनि जानकारी लिन सक्ने उनको भनाइ छ । ‘क्याप्टेन…

विद्युत् आदानप्रदान समिति बैठकः विहारको ग्रिडमार्फत विद्युत् निर्यात हुने
निकासखबर संवाददाता

काठमाडौं । नेपाल–भारतबीचको विद्युत् आदानप्रदान समितिको बैठकले नेपालले विहारको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार सम्पन्न समितिको १४औँ बैठकले विहारको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत अन्य राज्यमा नेपालले गर्ने विद्युत् निर्यातको मोडालिटी एक महिनाभित्रमा तय गर्ने निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको केन्द्रीय विद्युत् प्राधिकरणका विद्युत् प्रणाली सदस्य अशोककुमार राजपुतको सहअध्यक्षतामा बैठक बसेको थियो । नेपालले विहारसँग प्रसारण लाइन जोडिएका विन्दुबाट भारतको केन्द्रीय ग्रिडसँग जोडिएर विद्युत् निर्यात हुने छ, यसका लागि एक महिनाभित्र दुवै पक्षले मोडालिटी टुङ्गो लगाउने छन्, यसबाट…