अर्थ–बित्त

६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात
निकासखबर संवाददाता

काठमाडाैं । चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधान आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए । विभागको तथ्यांक अनुसार चैतमा मात्रै दुई सय ५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । गत आवको सोही अवधिमा एक सय १६ वटा मात्र विद्युतीय सवारी साधान आयात भएको थियो । विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै भारतबाट आयात भएका छन् । उक्त अवधिमा भारतबाट एक सय किलोवाट…

भन्सार छलीका सामग्रीबाट चार करोड ६५ लाख राजस्व सङ्कलन
निकासखबर संवाददाता

नवलपरासी (बर्दघाट सुस्तापूर्व) । नवलपुरमा प्रहरीले भन्सार छलीका सामग्रीबाट चार करोड ६५ लाख ८५ हजार आठ सय ४० राजश्व सङ्कलन गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ३८ पटक विभिन्न प्रकारका भन्सार छलीका सामग्री नियन्त्रणमा लिएको छ । बरामद सामग्रीलाई भन्सार चलान गरी उक्त राजस्व सङ्कलन गरिएको उहाँले बताए । जिल्ला प्रहरी कार्यालयले भन्सार छलीसहित विभिन्न प्रकृतिका कारबाहीबाट चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कूल सात करोड २० लाख ७० हजार आठ सय ९० राजस्व सङ्कलन गरेको प्रहरी उपरीक्षक तिवारीले जानकारी दिए । उनका अनुसार भन्सार छलीपछि सबैभन्दा धेरै राजस्व…

एक वर्षमा थपियो पाँच सय मेगावाट बिजुली
निकासखबर संवाददाता

काठमाडाैं । आर्थिक समृद्धिको आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सरकार र निजी क्षेत्रले काँधमा काँध मिलाउँदै कामलाई गति दिएका कारण सकारात्मक नतिजा निस्कन थालेको छ । वर्ष, २०७९ हालै हामीबाट बिदा भएको छ । वर्षदिनभरीमा मुलुकको प्रणालीमा झण्डै पाँच सय मेगावाट बिजुली थप भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रणालीमा बिजुली थप हुने क्रम क्रमशः वृद्धि भएको छ । यही अवस्था कायम रहे आगामी असार मसान्तसम्म मुलुकको कूल जडित क्षमता करिब तीन हजार मेगावाट बराबर पुग्नेछ । आन्तरिक खपतमा वृद्धि गर्दै ऊर्जा निर्यातमार्फत आर्थिक उपार्जन गर्न सरकारले प्रभावकारी पहल गरिरहेको छ । प्राधिकरणका अनुसार हालसम्म दुई…

मेलामा ठेलमठेल हुँदा १६ जना घाइते
निकासखबर संवाददाता

इलाम । नयाँ वर्षको अवसरमा इलाम सदरमुकामको ठुलो टुँडिखेलमा चलिरहेको रमाइलो मेलामा ठेलमठेल हुँदा मेला हेर्न गएका १६ जना घाइते भएका छन् । घाइते मध्ये छ जनालाई थप उपचारका लागि झापाका अस्पतालमा रेफर गरिएको इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए । सामान्य घाइते भएका दश जना भने इलाम अस्पतालमा सामान्य उपचार पछि घर फर्किएका छन् । इलाम स्थित राहसल बाल अनाथालयको आर्थिक सहयोगको लागि आयोजना गरिएको मेलामा हिजो बेलुकाको साङ्गीतिक कार्यक्रममा प्रमोद खरेलको प्रस्तुति हेर्न मानिसहरू ठुलो सङ्ख्यामा भेला भएका थिए । टिकट काटेर कार्यक्रम हेर्न गएका मानिसहरू भीड धेरै भएपछि टुँडिखेल छिर्ने गेटमै ठेलमठेल हुँदा गेट भत्किए पछि मानिसहरू…

सुनकाे मूल्य ताेलामा १०० बढ्याे
निकासखबर संवाददाता

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ ।  बुधबार सुन तोलाको १ं०० रुपैयाँले बढेको हाे । मंगलबार सुन प्रतितोला ५०० रुपैयाँले रुपैयाँले बढेको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको भाउ पनि बढेको छ । बुधबार…