अर्थ–बित्त

हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत
निकासखबर संवाददाता

काठमाडों, २७ वैशाख । रातारात बथानका बथान भारतबाट नेपाल प्रवेश गरेर यहाँका सामुदायिक वनमा बस्दै आएका जङ्गली हात्ती नियन्त्रण गर्न झापामा थुप्रै काम गरिएका छन् । वर्षौँ देखि झापामा देखिएको मानव(हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले हात्ती प्रवेश गर्ने गौँडामा सोलार अफसेट फेन्स ९विद्युतीय सौर्य तारबार० जडान गर्दै हात्ती नियन्त्रण गर्न खोजिएको छ भने सामुदायिक वन क्षेत्रभित्र हात्तीको आहारका लागि केरासहित विभिन्न प्रजातिको घाँससमेत लगाइएको छ । यति गर्दा पनि जङ्गली हात्तीले बस्ती प्रवेश गरेर मच्चाउने उपद्रो भने रोकिएको छैन । हात्ती नियन्त्रणकै लागि हालसम्म झापाका विभिन्न ठाउँमा ७६ दशमलव ३९ किलोमिटर सोलार अफसेट फेन्स जडान गरिएको छ । राष्ट्रिय प्रकृति…

सहकारीका कर्मचारीको ८० लाख रूपैयाँ लुटियो
निकासखबर संवाददाता

जनकपुरधाम, २४ वैशाख । धनुषामा सहकारीका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ । मोटर साइकलमा आएका तीन जनाको समूहले शुभ श्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोबाट सो ८० लाख रुपैयाँ लुटेर फरार भएका छन् । राष्ट्रिय सहकारी बैंकमा रहेको पैसा झिकेर सहकारीको कार्यालयतर्फ लैजाने क्रममा सो रकम लुटिएको महतोले प्रहरी समक्ष बताएका छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।   Facebook Notice for EU! You need to login to view and post FB Comments!

अग्नी प्रभावित दाङ र गुल्मीका दुई पालिकालाई काठमाडौं महानगरपालिकाको २० लाख सहयोग
निकासखबर संवाददाता

काठमाडौं । २२ वैशाख । काठमाडौं महानगरले अग्नि प्रभावित दाङ र गुल्मीका दुई पालिकालाई दश/दश लाख राहत दिने भएको छ । दाङको राजपुर गाउँपालिका र गुल्मीको इस्मा गाउँपालिकाका अग्नि प्रभावितलाई सो रकम उपलब्ध गराउने निर्णय भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । आगलागीबाट पीडित बनेकाहरुका लागि सो रकम सहयोग गर्न महानगर विपद् व्यवस्थापन समितिले निर्णय गरेको उनले बताए । रकम महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पठाइने पनि उनले जानकारी दिए । दाङको राजपुर गाउँपालिका–७ स्थित हाटबास क्षेत्रमा यही वैशाख १६ गते आगलागी हुँदा २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएका थिए । साथै वैशाख ८ र…

अबको बजेटमा युवालक्षित कार्यक्रम ल्याइने ः प्रधानमन्त्री
निकासखबर संवाददाता

काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन् । उनले अब युवा लक्षित कार्यक्रम ल्याइने भन्दै सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्तन कोष स्थापना गरी सोका निम्ति आवश्यक कानुनको तर्जुमा गर्ने गृहकार्य अगाडि बढाएको पनि बताए । सातौँ राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु भएको बताए । उनले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने सरकारको विश्वास रहेको उल्लेख…

ग्लोबल आइएमई बैंक सम्मानित
निकासखबर संवाददाता

काठमाडौं, १६ बैशाख । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा ग्लोबल आइएमई बैंक लिमिटेड सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंक सम्मानित भएको हो । यस आर्थिक वर्षमा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै २१ दशमलव १ प्रतिशत रेमिट्यान्स भित्र्याउन सफल भएको छ । नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई प्रशंसा पत्र प्रदान गरेका छन् । विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्याएकोले प्रशंसापत्र…