ब्यानर

पार्टी निर्माण कसरी सम्भव छ ?
पुष्पलाल श्रेष्ठ | १३ चैत, २०८१

पुष्पलाल श्रेष्ठ | १३ चैत, २०८१ पार्टी निर्माण भन्नाले माथि केन्द्रदेखि तल तल्लो तहको पार्टी कमिटीहरूको संगठन गर्नु नै हो भन्ने आम धारणा साथीहरूमा पाइन्छ । वास्तवमा यस्तो संगठनको निर्माणको अभावमा पार्टीका सोचाइहरू व्यवहारमा परिणत हुँदैनन् । तर,पार्टी निर्माणको सम्बन्धमा यति नै मात्र सही धारणा होइन । यस्तो धारणा यान्त्रिक धारणा हो । यसमा सोच्नु पर्ने मुख्य कुरा हो पार्टी कमिटीहरूको आपसी सम्बन्ध र सञ्चार कसरी हुन्छ र पार्टीले कसरी शक्ति संचय गर्न सक्दछ ? यसको अभावमा पार्टीमा सजीवता आउन सक्दैन । सजीवता बिनाको पार्टीको संगठन त केवल अस्थिपंजर मात्र हो । अतः पार्टी निर्माणको सम्बन्धमा त्यसकुरामा सबभन्दा बढी ध्यान पु¥याउनु पर्दछ, जसले गर्दा पार्टीमा क्रियाशीलता…

हङ्कङ फ्लुको प्रकोप बढ्दै
डा. शेरबहादुर पुन | काठमाडाैं, ११ फागुन, २०८१

डा. शेरबहादुर पुन | काठमाडाैं, ११ फागुन, २०८१ केही दिनअघि एक परिचित व्यक्तिलाई एक महिनादेखि खोकीले नछोडेको भनि परामर्श लिने उद्देश्यले भेट्न आउनुभएको थियो । हातमा केही हप्ता अगाडि गरिएको स्वास्थ्य परीक्षणका केही रिपोर्टहरू पनि थिए, जसमा फ्लु परीक्षणको रिपोर्ट पनि थियो । त्यसमा हङ्कङ फ्लुको नामले परिचित इन्फ्लुइञ्जा (छोटकरीमा फ्लु भन्ने गरिन्छ) ‘ए’ को ‘एच थ्री’ प्रजाति पुष्टि थियो । सो बिरामीलाई केही दिनसम्म ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, जिउ दुख्ने, नाकबाट पानी बग्ने अनि खोकी लाग्नेजस्ता समस्याहरू देखिएको भनेका थिए । तर माथि उल्लेख गरे झैँ खोकी भने मसँग संवाद हुँदासमेत प्रष्टै देखिन्थ्यो । यति लामो समयदेखि निरन्तर देखिएको यो अवस्थाको खोकीलाई…

आफैंले पारित गरेको बजेटमाथि अर्थमन्त्रीका प्रश्नैप्रश्न
निकास संवाददाता । काठमाडौं, २६ माघ, २०८१ ।

निकास संवाददाता | काठमाडौं, २६ माघ, २०८१ । पूर्ववर्ती सरकारले बनाएको चालु आर्थिक वर्षको बजेट सिद्धान्तमा उभिएर नबनेको आरोप उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा चालु आवको बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेस गर्दै सिद्धान्त विपरीत आएको बजेट बोझ भएको उनले बताए । ‘त्यसबेलाको परिस्थितिले गर्दा यो बजेट संसद्ले पारित पनि गर्नुपरेको थियो, पछि म अर्थमन्त्री भइसकेपछि पूरक बजेटमा जान सकिन्थ्यो, एउटै सदन हो भनेर पूरक बजेट ल्याइनँ’– अर्थमन्त्री पौडेलले भने । तीन करोडभन्दा साना आयोजनामा बजेट विनियोजन नगर्ने मन्त्रिपरिषद्को नीतिगत निर्णयलाई पनि बेवास्ता गर्दै पूर्ववर्ती सरकारले ७५ हजारका आयोजना पनि राखेको आरोप…

केन्द्रीय समिति बैठकको तयारीमा माओवादी स्थायी समिति
निकास संवाददाता | काठमाडौं, १९ पुस, २०८१ ।

निकास संवाददाता | काठमाडौं, १९ पुस, २०८१ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को मुख्यालय पेरिसडाँडामा बिहीबार बसेको उक्त पार्टीको स्थायी समितिको बैठकले पुस २१ देखि बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा तय गरेको छ । स्थायी समितिको बैठकले ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन सहितका विषयमा केन्द्रीय समितिमा छलफल गर्ने गरी एजेन्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । प्रवक्ता सापकोटाका अनुसार आसन्न केन्द्रीय समितिको बैठकमा अध्यक्ष सहित प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन् । तत्काल सरकारमा नजाने स्पष्ट पारेको माओवादी केन्द्रले वर्तमान सरकारका कमजोरी र बदमासीविरुद्ध सदन र सडकबाट…