दस्तावेज

राष्ट्रका नाममा प्रधानमन्त्री देउवाको सम्बोधन (पूर्णपाठसहित)
निकासखबर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको ६ महिना पुगेको अवसरमा देउवाले टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा देउवाले यसबीच आफू नेतृत्वको सरकारले गरेका कामहरुबारे चर्चा गरे । ‘सरकार सही दिशामा अघि बढिरहेको स्पष्ट छ । छोटो अवधिमा गरिएका कार्य र हासिल भएका उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, स्थायित्व र समृद्धि हासिल गर्ने बलियो आधार खडा भएको छ,’ उनले भने– ‘जनतामा आशा र भरोसा बढेको छ ।’ यस्तो छ प्रधानमन्त्री देउवाको सम्बोधनको पूर्णपाठ– Facebook Notice for EU! You need to login to view and post FB Comments!

माओवादी केन्द्रकाे महाधिवेशनमा पारित समसामयिक प्रस्ताव (पूर्णपाठ)
निकासखबर संवाददाता

काठमाडौं, १९ पुस । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौं रािष्ट्रिय महाधिवेशनले ४५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । राष्ट्रिय राजनीति, जनवीविका र राष्ट्रियताका विषयसँग सम्बन्धित सो प्रस्ताव पारित भएसँगै केन्द्रीय कमिटीको नामावली स्वीकृत गरेर महाधिवेशन पनि सम्पन्न भएको छ । यस्तो छ समसामयिक प्रस्तावको पूर्णपाठ– महान् जनयुद्ध तथा बिभिन्न कालखण्डमा भएका जनआन्दोलनमा शहादत प्राप्त गर्ने महान् वीर शहीदहरूमा हार्दिक श्रद्धाञ्जलीसहित शहीद, वेपत्ता परिवार, घाइते योद्धा, जेलबन्दी तथा यातनापीडित सबैमा उच्च सम्मानसहित हार्दिक नमन व्यक्त गर्दै यो आठौं राष्ट्रिय महाधिवेशनबाट निम्न प्रस्तावहरु पारित गर्दछ । १. एक्काइसौँ शताब्दीको ठूलो मानवीय संकट तथा चुनौतीको रुपमा देखा परेको कोभिड १९…

लेखनाथ न्यौपानेका १० बुँदे फरकमतमा के–के छन् ? (पूर्णपाठसहित)
reporter

काठमाडौं | नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनका कतिपय विषयवस्तुमा असहमति जनाउँदै सो पार्टीका युवानेता लेखनाथ न्यौपानेले चार पृष्ठको १० बुँदे लिखित फरकमत प्रस्तुत गरेका छन् । न्यौपानेको फरक मतले राजनीतिक वृत्तमा राम्रै चर्चा पाएको छ । अध्यक्ष प्रचण्डमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको आरोप लगाइएको उक्त फरक मतमा एमालेसँग विगतकालमा गरिएको एकता गलत रहेको समेत औंल्याइएको छ । ‘तपाईंका प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिदैन,’ नेता न्यौपानेले भनेका छन्– ‘सुनिन्छ त म, मेरो, मैले, प्रचण्डले मात्र । यसको एउटा उदाहरण…

माओवादी महाधिवेशन : बन्दसत्र सञ्चालनका लागि ७ सदस्यीय अध्यक्ष मण्डल
निकासखबर संवाददाता

काठमाडौं | नेकपा (माओवादी केन्द्र) ले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि सात सदस्यीय अध्यक्ष मण्डल चयन गरेको छ । अध्यक्ष मण्डलको चयनसँगै बन्दसत्रको कार्यक्रम सुरु भएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार केही थप प्रतिनिधिको बारेमा निर्णय गर्नुपरेकाले बन्द सत्र सञ्चालनमा केहीबेर ढिलाइ भएको हो । सुरुमा १ हजार ६ सय ३१ जना प्रतिनिधि रहने भनिएकामा त्यो बढेर १ हजार ७ सय पुगेको छ । स्थायी समितिको बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको थियो । अध्यक्षमण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, रुपा महर्जन, परशुराम रम्तेल, परशुराम तामाङ र पूर्णाकुमारी सुवेदी…