संघीय खबर

माओवादी विजयी हुनु राष्ट्रले जित्नु होः अध्यक्ष दाहाल
निकासखबर संवाददाता

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धि रक्षाका लागि माओवादीले निर्वाचन जित्नै पर्ने बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा उहाँले माओवादीले लडेर ल्याएको उपलब्धि रक्षाको जिम्मा माओवादीको काँधमा नै आएको बताउ । “सङ्घीय लोकतान्त्रिक गणतन्त्र माओवादीले लडेर ल्याएको हो, यसको रक्षा गर्ने दायित्व माओवादीको नै हो”, अध्यक्ष दाहाले भने, “अरुका लागि चुनाव हो, तर हाम्रो लागि निर्वाचन लडाईं हो ।” निर्वाचनको समय नजिक आइसकेको भन्दै उहाँले निर्वाचन भीषण तयारीमा लाग्न आग्रह गरे । सङ्घीय लोकतान्त्रिक गणतन्त्र आफूहरूले लडेर ल्याएको भन्दै अध्यक्ष दाहालले त्यसको वास्तविक…

भोलिदेखि आठौँ स्वास्थ्य वैज्ञानिक सम्मेलन
निकासखबर संवाददाता

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही चैत २७ देखि २९ गतेसम्म आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन गर्ने भएको छ । ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवद्र्धनः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ सम्मेलन आयोजना गर्न लागिएको हो । स्वास्थ्य अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, जनसङ्ख्याविद् र नीति निर्माणकर्तालाई एकै ठाउँमा ल्याई नीतिनिर्माण गर्न तथा बढ्दै गएको जनस्वास्थ्यका सवालमा भएका अनुसन्धानलाई सम्बोधन गर्न सम्मेलन आयोजना गरिएको कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले जानकारी दिए । स्वास्थ्यसम्बन्धी विविध विषयमा अनुसन्धानकर्ताबाट आफ्नो खोज तथा अनुसन्धानका १५३ कार्यपत्र प्रस्तुत गरिने उक्त सम्मेलनमा ३१ राष्ट्रिय विज्ञ र २२ अन्तर्राष्ट्रिय विज्ञलाई प्रस्तुतीकरणका लागि आमन्त्रण…

निर्वाचन दौडधपुः प्रचण्ड चितवनतिर, कांग्रेस नेता काठमाडौंतिर
निकासखबर संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चिवतन दौडधुप बढेको छ । यतिसम्म कि उनी स–साना कार्यक्रमलाई सम्बोधन गर्न पनि चितवन पुग्ने गरेका छन् । शुक्रबार पनि पुगे । सातामा कम्तीमा दुई पटक पुग्ने उनको दौडधुप निर्वाचनकेन्द्रित छ । निर्वाचनमा फेरि भरतपुर महानगरपालिका माओवादीलाई पार्ने र संघीय निर्वाचनमा आफू तालमेल गरेर निर्वाचन जित्ने उद्देश्यले प्रचण्डको चितवन आउजाउ बाक्लो भएको हो । तर, उनको यो योजना तुहाउन नेपाली कांग्रेस चितवनका नेताहरूको पनि दौडधुप जारी छ ।  चितवनबाट केन्द्रीय सदस्य भएका टेकबहादुर गुरुङ, दिनेश कोइरालादेखि निवर्तमान सभापति जीतनारायण श्रेष्ठ भरतपुर महानगरपालिका यसपटक कांग्रेसले पाउनुपर्ने भन्दै नेतृत्वहरूलाई दबाब दिँदै आएका…

मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाउने अन्तिम तयारी
निकासखबर संवाददाता

काठमाडौं। मेलम्ची खानेपानी आयोजना सञ्चालनको अन्तिम चरणमा पुगेको छ । बाढी र पहिरोले क्षतिग्रस्त आयोजना क्षेत्रको सफाइ र मर्मतका काम सकिएसँगै मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाउने अन्तिम तयारी भएको हो । गत असार १ र साउन १७ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढी पहिरोले आयोजनाका संरचना क्षतिग्रस्त बनेका थिए । नेपाल सरकारले मेलम्ची खानेपानी आयोजना यही चैत मसान्तभित्र सञ्चालन गर्ने लक्ष्य लिएको छ । आयोजनाका प्रमुख कार्यकारी निर्देशक वासुदेव पौड्यालले क्षतिग्रस्त आयोजनाको सफाइ तथा मर्मतको काम पूरा भई पानी पथान्तरणको तयारी भइरहेको जानकारी दिए । खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारले तोकेको समयसीमाभित्र पानी काठमाडौँ ल्याउने गरी कार्ययोजना बनाउनुभएको थियो । उहाँले त्यसअनुरूप काम भए नभएबारे…

द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनका घटनाको छानबिन गर्न माग
निकासखबर संवाददाता

काठमाडौं । द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनका घटनाको छानबिन तथा अनुसन्धान गर्नुपर्ने माग गरिएको छ । द्वन्द्वपीडितहरूको दुईदिने राष्ट्रिय सम्मेलनपछि २४ बुँदे घोषणापत्र जारी गर्दै गठन भएको सात वर्ष भइसक्दा पनि सम्बन्धित आयोगहरूले द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनको एउटै घटनाको समेत छानबिन अनुसन्धान पूरा गर्न नसकेको ठहर गछानबिन र अनुसन्धानको माग गरेएको हो । सम्मेलनले सङ्मणकालीन न्याय प्रक्रियामा पुनरावलोकन गरी आजसम्म प्राप्त अनुभव तथा सर्वोच्च अदालतबाट स्थापित सिद्धान्त एवं अन्तर्राष्ट्रिय मूल्य, मान्यता र मापदण्डसमेतका आधारमा समयसीमा र स्पष्ट कार्ययोजनासहितको सङ्क्रमणकालीन न्याय प्रक्रिया लागू गर्न अपिल गरेको छ । द्वन्द्वपीडितले मानवअधिकारका गम्भीर उल्लङ्घन तथा ज्यादतिमा क्षमादान, माफी र मेलमिलाप नहुने सुनिश्चततासहित पीडित समुदाय एवं सरोकारवालासँगको…