वार्तालाप

स्वास्थ्य क्षेत्र राज्यको प्राथमिकतामा परेनः प्रा डा साह
निकासखबर संवाददाता

प्रा डा रामकेवल साह नेपालको चिकित्सा क्षेत्रमा नाम चलेको व्यक्तित्व हुन् । नेपाल मेडिकल कलेजमा हाडजोर्नी विभागको प्रमुख भएर २० वर्ष शिक्षण कार्य र लामो समय चिकित्सा अभ्यासमा क्रियाशील रहेका उनी हाल मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति रहेका छन् । उनले मुलुककै चिकित्सा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् । विश्वका विभिन्न देशमा राम्रो अवसर पाउँदा पनि त्यसलाई छाडेर मुलुकको स्वास्थ्य क्षेत्रमा केही गर्नुपर्दछ भन्ने भावना राखेर स्वदेश फर्किएका उनीले जहिले पनि आम जनतामा कसरी स्वास्थ्यको आधारभूत पहुँच पुर्याउन सकिन्छ भन्नेमा नै आफूलाई क्रियाशील राख्दै आएका छन् । प्रस्तुत छ, नेपालको चिकित्सा क्षेत्रमा भएका विकसित विसङ्गति र राज्यको गैरजिम्मेवारपन तथा…

माओवादी केन्द्रकाे महाधिवेशनमा पारित समसामयिक प्रस्ताव (पूर्णपाठ)
निकासखबर संवाददाता

काठमाडौं, १९ पुस । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौं रािष्ट्रिय महाधिवेशनले ४५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । राष्ट्रिय राजनीति, जनवीविका र राष्ट्रियताका विषयसँग सम्बन्धित सो प्रस्ताव पारित भएसँगै केन्द्रीय कमिटीको नामावली स्वीकृत गरेर महाधिवेशन पनि सम्पन्न भएको छ । यस्तो छ समसामयिक प्रस्तावको पूर्णपाठ– महान् जनयुद्ध तथा बिभिन्न कालखण्डमा भएका जनआन्दोलनमा शहादत प्राप्त गर्ने महान् वीर शहीदहरूमा हार्दिक श्रद्धाञ्जलीसहित शहीद, वेपत्ता परिवार, घाइते योद्धा, जेलबन्दी तथा यातनापीडित सबैमा उच्च सम्मानसहित हार्दिक नमन व्यक्त गर्दै यो आठौं राष्ट्रिय महाधिवेशनबाट निम्न प्रस्तावहरु पारित गर्दछ । १. एक्काइसौँ शताब्दीको ठूलो मानवीय संकट तथा चुनौतीको रुपमा देखा परेको कोभिड १९…

माओ दिवस : यथार्थता र सान्दर्भिकता
नेत्रविक्रम चन्द ‘विप्लव’

काठमाडौं | नेपालमा माओ दिवसलाई विशेष महत्त्व दिइन्छ । कयौंले चीन नेपालबाट नजिकै भएका कारण कम्युनिस्टहरूमा त्यसको प्रभाव परेको मात्र हो भनेजसरी पनि अर्थ्याउँछन् तर वास्तविकता त्यस्तो होइन । माओले विश्व साम्राज्यवाद–पुँजीवाद एवं संशोधनवादका विरुद्ध र वैज्ञानिक समाजवाद–साम्यवादका पक्षमा जुन स्तर र मात्रामा लड्नुभयो, त्यो क्रान्तिकारी कम्युनिस्ट नेताहरूले लडेको सबैभन्दा ठूलो लडाइँ थियो, जुन लडाइँले विश्वभरिका कम्युनिस्टहरूलाई निकै ठूलो प्रेरणा, शक्ति र उत्साह पैदा गरिरहेको छ । आजको नेपाली सन्दर्भमा यसले झनै मेल खाइरहेको छ । विश्व राजनीतिमा प्रायः सत्ता, कुर्सी, पद र अवसरलाई केन्द्रमा राखेर काम गरिन्छ । आजको विश्व र नेपालमा त यसको बिगबिगी नै छ । जो सरकार…

लेखनाथ न्यौपानेका १० बुँदे फरकमतमा के–के छन् ? (पूर्णपाठसहित)
reporter

काठमाडौं | नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनका कतिपय विषयवस्तुमा असहमति जनाउँदै सो पार्टीका युवानेता लेखनाथ न्यौपानेले चार पृष्ठको १० बुँदे लिखित फरकमत प्रस्तुत गरेका छन् । न्यौपानेको फरक मतले राजनीतिक वृत्तमा राम्रै चर्चा पाएको छ । अध्यक्ष प्रचण्डमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको आरोप लगाइएको उक्त फरक मतमा एमालेसँग विगतकालमा गरिएको एकता गलत रहेको समेत औंल्याइएको छ । ‘तपाईंका प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिदैन,’ नेता न्यौपानेले भनेका छन्– ‘सुनिन्छ त म, मेरो, मैले, प्रचण्डले मात्र । यसको एउटा उदाहरण…