खेलकुद खबर

 झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई
निकासखबर संवाददाता

झापा । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले पाँचौं संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ गोलले पराजित गर्दै आर्मीले उपाधि हात पारेको छ । जीतसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपयाँ प्राप्त गरेको छ । उपविजेता भएको झापाले नगद ६ लाख पाँच हजार रुपैयाँमा चित्त बुझाएको छ । आर्मीले योसँगै चौथोपटक झापा गोल्डकपको उपाधि हात पारेको हो । आर्मीलाई उपाधि जिताउन टेकबहादुर बुढाथोकी र जर्जप्रिन्स कार्कीले गोल गरेका थिए । फाइनल खेलको १८ औँ मिनेटमा सुमन अर्यालको पासमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाए । अर्को…

अध्यक्षकप फुटबल प्रतियोगितामा रेडहर्ष फुटबल क्लब इलाम सेमिफाइनलमा
निकासखबर संवाददाता

झापा । झापाको कमल गाउँपालिकामा सञ्चालित प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा चारतारे फुटबल क्लब मोरङलाई पाखा लगाउँदै रेडहर्ष फुटबल क्लब इलाम सेमिफाइनल प्रवेश गरेको छ । आज शुक्रबार भएको खेलमा रेडहर्ष इलामले चारतारे मोरङ विरुद्ध २–१ को नतिजा निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो । खेल सुरु भएको २५औं सेकेण्डमा नै चारतारेका आयुष लिम्बुले गोल गरे । खेलको अग्रता कायम गरिरहेको चारतारे विरुद्ध रेडहर्षका युवराज राईले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टिमलाई बराबरीमा ल्याए । नतिजा पहिलो हाफमा १–१ को बराबारी भएको थियो । रेडहर्षको तर्फबाट दोस्रो हाफको १४औ मिनेटमा युवराज राईको क्रसमा मनिस थापाले गोल गर्दै नतिजा दोब्बर बनाए ।…

सेमिफाइनलमा प्रवेश गर्यो घरेलु टोली झापा­–११
निकासखबर संवाददाता

झापा। घरेलु टोली झापा­–११ फुटबल क्लब यहाँ जारी पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  बिहीबार भएको अन्तिम क्वार्टर फाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोल अन्तरले पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो । झापा­–११ का लागि विमल घर्ती मगर, विशाल राई बी, विश्वास श्रेष्ठले गोल गरे । रेडपाण्डाले झापा­–११ लाई एक गोल उपहार दियो । रेडपान्डाले एक गोल फर्कायो । उसका लागि ६६ औँ मिनेटमा पेनाल्टीमार्फत योगेश मगरले गोल गरे । झापाका विशाल बस्नेतले सिक्किमका अमन रसाइलीलाई डिएरियामा फाउल गरेपछि पेनाल्टी पाएको थियो । झापा­–११ ले खेलमा सुरुवाती अग्रता लिएको थियो । खेलको…

क्वार्टर फाइनल खेलमा घरेलु टोली झापा ११ फुटबल क्लबले अधिकांश राष्ट्रिय खेलाडी मैदान उतार्ने
निकासखबर संवाददाता

झापा । झापा गोल्ड कपअन्तर्गत आज भारत सिक्किमको आरपी एफसीविरुद्ध हुने अन्तिम क्वार्टर फाइनल खेलमा घरेलु टोली झापा ११ फुटबल क्लबले अधिकांश राष्ट्रिय खेलाडी मैदान उतार्ने भएको छ । झापा ११ फुटबल क्लबका मुख्य प्रशिक्षक सन्तोष गुरुङका अनुसार घरेलु टोलीको कप्तानी विशाल राईले सम्हल्ने भएका छन् । उनी पछिल्लो समय लिग विजेता मछिन्द्र क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । झापाको टिम सदस्यहरुमा देवेन्द्र तामाङ, विश्वास श्रेष्ठ, विमल घर्ती मगर, आन्द्रेस मिया, सत्यम श्रेष्ठ, रुमेश बर्तौला, मनिष थापा, रामजीलगायतका राष्ट्रिय खेलाडी मैदान उत्रिने प्रशिक्षक गुरुङले जानकारी दिए । त्यस्तै, झापाको पोस्ट दिप कार्कीको जिम्मामा परेको छ । उनी राष्ट्रिय टोलीका…

श्रमिक दिवसको अवसर पारेर महिला फुटबल संघकी अध्यक्षलाई सम्मान
निकासखबर संवाददाता

झापा । झापा गोल्ड कपले ११२ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर अखिल नेपाल महिला फुटबल संघकी अध्यक्षलाई सम्मान गरेको छ । मंगलबार डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो क्वार्टर फाइनल खेलको मध्यान्तरमा संघकी अध्यक्ष बिन्द्रा देवानलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए । लामो समयदेखि महिला फुटबलमा पुर्याएको योगदानको कदर गर्दै झापा गोल्ड कपले झापा दमक निवासी देवानलाई सम्मान तथा पुरस्कृत गरेको हो । देवानलाई कार्यक्रमकी प्रमुख अतिथि कांग्रेस नेतृ डा. डिला संग्रौला, झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत र कार्यक्रम संयोजक तिलोत्तमा खत्रीले सम्मानपत्र प्रदान गरेका थिए । आयोजकले आज मंगलबार महिला दर्शकलाई…