खेलकुद खबर

बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला
निकासखबर संवाददाता

चितवन । धुर्मुस–सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन गर्न नसकेर अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारले बनाउने भएको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले रङ्गशाला बनाउने निर्णय गरेसँगै रङ्गशाला बन्नेमा स्थानीय आशावादी भएका हुन् । भरतपुर महानगरपालिकाले फाउण्डेशनलाई निर्माणका लागि सम्झौता गरेको भएपनि ठूलो रकम बक्यौता तीर्नुपर्ने अवस्था आएपछि फाउण्डेशन पछाडि हटेसँगै सरकार आफैँले निर्माण गर्न लागेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मन्त्रीपरिषद्बाट निर्णय भएकाले अब रङ्गशालाको काम अघि बढ्ने बताइन् । फाउण्डेशनले उधारोमा काम नगरेको भए यस अघि नै प्रक्रिया अघि बढ्ने बताउँदै उनले भनिन्, “ठूलो रकम तीर्नुपर्ने बाँकी देखिएकाले प्रक्रिया मिलाउन समय लागेको हो । अब काम अघि…

अध्यक्षकपको उपाधि पाथीभरा याङ्वरकलाई
निकासखबर संवाददाता

ताप्लेजुङ । ताप्लेजुङकाे  सिरीजङ्घा गाउँपालिकाद्वारा आयोजित दोस्रो संस्करणको अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङ्वरकले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा फुङलिङ नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै पाथीभरा याङ्वरकले उपाधि हात पारेको हो । पाथीभरा याङ्वरकले फुङलिङलाई २५–१५, २५–१९, २१–२५ र २५–१६ अङ्कले फाइनल खेल जितेको हो । विजेताले दुई सय ९२ तोला चाँदीजडित सिरिजङ्गा लिपिको ट्रफीका साथ रु दुई लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गरेको छ । यस्तै द्वितीय हुने फुङलिङले रु एक लाख ३३ हजार तीन सय ३३ तथा सान्त्वना पुरस्कार स्वरुप मेरिङ्देन गाउँपालिका र सिरीजङ्घा गाउँपालिकाले रु ४४ हजार चार सय ४४ प्राप्त…

आगामी बजेटमा खेलकुद क्षेत्रको रकम बढाउने प्रधानमन्त्रीको घोषणा
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा गरेका छन् । मंगलबार ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै उनले खेलकुदमा बजेट बढाउने बताए । प्रधानमन्त्री प्रचण्डले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्वपूर्ण रहेको बताए । उनले खेलकुदले राजनीतिक, कुटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गर्दै सरकारको तर्फबाट देशका सबै प्रदेशहरुमा, सबै पालिकाहरुमा पनि खेल पूर्वाधार निर्माण गर्न नीति, योजना र कार्यक्रम बनाएको बताए । “यो क्षेत्रमा विगतमा बजेटको व्यवस्था निकै कम हुने गरेको छ,” उनले भने, “आउने बजेटमा यो क्षेत्रमा पहिलेको भन्दा गुणात्मक…

विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
निकासखबर संवाददाता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन् । खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्रीले भने, “सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाइ छ। तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ। यो देशकै गौरव हो।” प्रधानमन्त्रीले भने “तपाईको कारण देशकै गौरव र प्रतिष्ठा बढेको छ। म सबै नेपालीहरूको तर्फबाट तपाईहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । तपाईहरूलाई फेरि पनि सफलता मिलोस्। आउने प्रतिस्पर्धाका लागि शुभकामना छ। तपाईहरूलाई प्रेरणा मिलोस् भनेर…

राष्ट्रिय भलिबल प्रतियोगिता : विभागीय टोलीको जित
काठमाडाैं, २५ पुस, २०७९ । निकासखबर संवाददाता

राजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कर्भडहलमा आयोजित सातौं संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले न्यू डाइमण्ड युथ स्पोर्टस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । राखेपको कर्भडहलामा सम्पन्न खेलमा विभागीय टोली पुलिसले न्यू डायमन्डलाई ३–२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यो जितसँगै पुलिस समूह ‘ए’ को विजेता र न्यु डायमण्ड पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । खेलमा पहिलो सेट २५–२२ ले जितेको पुलिसले खेलको दोस्रो सेट २२–२५ ले गुमायो । त्यस्तै खेलको तेस्रो सेट पुलिसले २५–१४ ले जित्यो भने खेलको चौथो सेट न्यु डामण्डले…