खबर
कर्णालीका मुख्यमन्त्रीले लिए शपथ
निकासखबर संवाददाताकाठमाडौँ, २८ चैत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । एमाले नेता कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् । एमालेका सभामुखसहित १०, माओवादीका १३ र एकीकृत समाजवादीका एक गरी २४ जना सांसदको समर्थनमा कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
कोशीमा गठबन्धनबाट सिटौला विजयी
निकासखबर संवाददाताकाठमाडौं, ११ पुस । कोशी प्रदेशबाट राष्ट्रिय सभामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवार सिटौलाले एमाले–राप्रपा गठबन्धनबाट उम्मेदवार भएका उद्धव पौडेललाई पराजित गरेका हुन् । सिटौलाले ५२९२ मतभार पाउँदा राप्रपाका उद्धव पौडेलले भने ४५६२ मतभार पाएका छन् । प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत ल्याएका थिए । भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए । स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे भने राप्रपा उम्मेदवार पौडेलले १०९ मत प्राप्त गरे । स्थानीय तहतर्फ ४ मत बदर भएको छ । प्रदेशको १ भोट बदर भएको थियो । त्यस्तै महिलातर्फ भने एमालेकी रुक्मिणी…
अनेरास्ववियुकी नेता रक्षा बम पक्राउ
निकासखबर संवाददाताकाठमाडौं, १४ चैत । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक लाभको कसुरमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनलाई पक्राउ गरेको हो । बुधबार बालाजु क्षेत्रबाट पक्राउ परेकी हुन् । उनी विरुद्ध उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । ‘आपराधिक लाभको कसुरमा उजुरी परेपछि पक्राउ पूर्जी जारी भएको र हाल महाराजगञ्ज प्रहरी वृत्तमा राखेर अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
एमाले कास्कीमा खगराज समूहको प्यानल निर्वाचित
निकासखबर संवाददाताकास्की, १४ चैत । नेकपा एमाले जिल्ला कमिटी कास्कीमा आज सकिएको पार्टीको ११ औ अधिवेशनमा अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री विजयी भएका छन् । उनले निकटम प्रतिस्पर्धी माधव बास्तोलालाई २ सय ४ मतले पराजित गर्दै क्षेत्री अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्षसहित सबै पदाधिकारीमा खगराज समूहको प्यानलै विजयी भएका छन् । क्षेत्रीले ५ सय ५१ र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहका बास्तोलाले ३४७ मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार विवेक त्रीपाठीले १७ मत प्राप्त गरे । उपाध्यक्षमा भेषराज बराल (५२७), सचिवमा दर्शन लामा९५९७०, उपसचिवमा लालबहादुर परियार ९५८१० र सन्तु सुवेदी ९५१००विजयी भएका छन् । पृथ्वीसुब्बा समूहबाट उपाध्यक्षमा शिव आचार्य (३८८) र…
उत्पादन र रोजगार केन्द्रित बजेट निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन
निकासखबर संवाददाताकाठमाडौं, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार आयोजित आर्थिक वर्ष २०८१/८२ को बजेटको स्रोत अनुमान सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले जनताले सरकारबाट आशा गरेकाले उनीहरुको आशालाई पूरा गर्न गरी उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न निर्देशन दिएका हुन् । नीति कार्यक्रम र बजेट निर्माणमा दुईथरी दृष्टिकोण भएकाले चुनौतीभित्र नै केही गरेर देखाउने र परिणाम दिने गरी काम गर्नुपर्ने बताए । बजेट निर्माणका क्रममा अर्थतन्त्र दबाबमा रहेकाले धान्न सक्ने परम्परागत ढाँचाकै बजेट बनाएर लैजानु पर्ने…